ललिता निवास जग्गा प्रकरणमा दुईजना नक्कली मोही पक्राउ

0

काठमाडौं \ बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल लगायतले सरकारी जग्गा हडपेको प्रहरीको भनाई छ ।

सोही प्रकरणमा आइतबार नापी कार्यालयका पूर्वकर्मचारी अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए । आज सोमबार समातिएका २ जनासहित यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.