एनआरएनए बेल्जियमको अध्यक्ष पदका उम्मेद्वार अनुजा प्रधानको उम्मेद्बारी फिर्ता,

0

एनआरएनए बेल्जियमको आगामी आईतवार हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार रहेकी अनुजा प्रधानले आफ्नो उम्मेद्बारी फिर्ता लिनु भएकोछ ।

बेल्जियमका एनआरएनएका अग्रज एबम आम समुदायको ‘सहमतिमा नेत्रित्व चयन होस’ भन्ने चाहना रहेकोले आफुले उम्मेद्बारी फिर्ता लिएको प्रधानले बताउनु भएकोछ । आज एक बिज्ञप्ति जारी गर्दै प्रधानले गैरआवासीय नेपाली संघको निर्वाचनका कारणले समाजमा हुने सक्ने विभाजनको प्रभावलाई रोक्न सहमतिकोे प्रयास स्वरुप आफुले उम्मेद्बारी स्थगित गरेको बताउनु भएको छ ।
कार्यसमितिका अधिकांश पद सर्वसम्मत भैसकेको अवस्थामा अध्यक्ष पदमा पनि सर्वसम्मत हुदा समाजमा एकता कामय रहने र ठूलो आर्थिक रकमको समेत बचत हुने देखिएको सबैले गम्भिर भएर सोच्नका लागी अनुरोध गर्नु भएकोछ ।

आफुले सुरु देखिनै सहमतिमा नेत्रित्व लिन खोजेको र अन्तिम सम्म प्रयास गरेको र अब आफुले नेत्रित्व छोड्दै गर्दा आम बेल्जियमबासी नेपाली समुदायको चाहना र संस्थाको ब्रिहत्तर हितका लागि पनि एकले अर्कोलाई छोडेर  निर्वाचनमा नगरि सहमतिमा आउन बाँकी दुई प्रतिस्पर्धिलाई उहाले अनुरोध गर्नु भएकोछ ।

अझै समय बाँकी रहेकोले निर्वाचन भन्दा सहमतिमा आगामी अध्यक्ष चयन हुने बातावरण बनाउन पनि प्रधानले आग्रह गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.