एनआरएनएको निर्वाचन समिति गठन

0

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबर महिनामा हुने ११ औँ महाधिवेशनको लागि एक निर्वाचन समिति गठन गरिएको छ ।

गैर आवासीय नेपाली सङ्घको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद्को बैठकले अधिवक्ता यादव ढुङ्गानाको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।

निर्वाचन समितिको सदस्यमा चिरञ्जीवी ढकाल (बेलायत), मन केसी (अस्ट्रेलिया), भूषण घिमिरे (जापान), सोनाम लामा (अमेरिका), टिबी कार्की (कतार), र प्रकाश धमला (कोरिया) रहेका छन् । सङ्घको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ ।

सङ्घका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार सङ्घको विधान अनुरूप सो निर्वाचनको अनुगमन गर्नको लागि दुर्गा आचार्यको संयोजकत्वमा एक उच्चस्तरीय अनुगमन समिति गठन गरिएको छ ।

सो समितिको सदस्यहरूमा होमनाथ शर्मा, डम्मर घले, शङ्कर खड्का, सुरेन्द्र श्रेष्ठ, कमलमणि गुरागाईँ, अर्जुन श्रेष्ठ, नारायण थापा र राजन त्रिपाठी रहेका छन् । अनुगमन समितिमा सदस्यहरू पछि थप गरिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.