एनआरएनए बेल्जियमको अध्यक्ष पदमा ४ जनाको उम्मेद्बारी, महिला, युबा लगायत धेरै पदमा निर्बिरोध,

0

गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकाल २०२३-२०२५ का लागि अध्यक्ष पदमा ४ जनाको उम्मेद्बारी परेकोछ । अध्यक्ष पदमा अनुजा प्रधान,नायायण सिलवाल,तिर्थ धमला र सीता सापकोटाले उम्मेद्बारी दिनु भएकोछ । २ जना उपाध्यक्ष पदका लागि पुष्प नेपाल (लोकेन्द्र),  र कासी दनैको  मात्र उम्मेदवारि  परेकोले उहाहरु निर्बिरोध निर्बाचित हुनुभएकोछ । १ जना उपाध्यक्ष (जनजाती)का लागि  इन्दिरा चाम्लिङ राईको उम्मेद्बारी मात्र परेकोले उहा निर्बिरोध निर्बाचित हुनुभएकोछ । । युबा उपाध्यक्षमा रिबु बस्नेत र महिला उपाध्यक्षमा साबित्रा गिरीको मात्र उम्मेद्बारी परेकोले उहाहरु निर्बिरोध निर्बाचित हुनु भएकोछ ।

महासचिबमा राजेन्द्र कार्की र रुबिना शर्माको उम्मेद्वारि रहेकोछ । २ जना सचिब पदका लागि रमेश दाहाल, ईश्वरा शर्मा र सञ्जय देब श्रेष्ठको उम्मेद्बारी रहेको छ, महिला सचिबमा एक जना जमुना शर्मा आचार्यको मात्र उम्मेद्बारी रहेकोले  निर्बिरोध निर्बाचित हुनु भएकोछ ।

कोषाध्यक्षमा अजित तुलाचन र हरि रोकाको उम्मेद्बारी रहेकोछ, सहकोषाध्यक्षमा डा राजु श्रिवास्तवको मात्र उम्मेद्बारी परेकोले निर्बिरोध निर्बाचित हुनु भएको छ ।

क्षेत्रीय संयोजकमा हरि लामिछाने गेन्ट, सुरज खरेल लुभेन , देबी कुमारी शर्मा ब्रुगे, चित्र गुरुङ एन्टवेरपेनका लागि एक एक जनाको उम्मेद्बारी परेकोले उहाहरु निर्बिरोध निर्बाचित हुनुभएकोछ ।

महिला संयोजक पदका लागि सरु गुरुङ र सारदा धितालको उम्मेद्बारी परेकोछ । युबा संयोजकमा सुदीप चौधरीको मात्र उम्मेद्बारी परेकोले निर्बिरोध निर्बाचित हुनु भएकोछ । महिला सदस्यमा सीता कुमारी दाहाल र अशोक केसी निर्बिरोध निर्बाचित हुनु भएकोछ ।

६ जना खुल्ला सदस्यका लागि रमेश सापकोटा, सुर्य प्रशाद सापकोटा, गंगा प्रशाद गुरुङ, रोशन गौतम, दीपिका केसी, बिकी मल्ल, दिनेश भण्डारी, बिनोद शाही,शम्भु अधीकारी, नीता सुब्बा, जानु नेपाल खरेल, रस्मी निरौला, सुरेश खड्का क्षेत्री, तेज अर्याल,गजेन्द्र बोगटी, चित्र कुमारी खतिवडा, सरोज आचार्यको उम्मेद्बारी परेकोछ ।

२ जना आईसिसी सदस्य पदका लागि भिम सुबेदी,मदन दवाडी, र हरी भट्टराईको उम्मेद्बारी परेकोछ । दुई एनआरएनएको एकता गर्दा पदम गुरुङ पक्षले बनाएका पन्जिक्रित सदस्य जोड्दा ३ हजार सदस्य पुगेमा ३ जना आइसिसी निर्बाचित हुने हुँदा उहाहरु तीन जना निर्बिरोध हुनुहुनेछ ।

निर्वाचन समितिका सचिब बिनोद न्यौपानेका अनुसार जुलाई ३ तारिख राती एघार बजे सम्म उम्मेद्वारका बारेमा दाबी बिरोध गर्ने समय छ भने ९ जुलाई राती ८ बजे सम्म फिर्ता लिने समय तोकिएकोछ । ९ जुलाई राती एघार बजे उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ , जुलाई १६ तारिख निर्वाचनका लागि मतदान हुनेछ ।

Leave A Reply

Your email address will not be published.