नेपाली जनप्रगतिशिल मन्च बेल्जियमको साधारण सभा सम्पन्न

0

नेपाल कम्युनिष्ट पार्टी माओवादीको प्रबासी संगठन नेपाली जनप्रगतिशिल मंच बेल्जियमको वार्षिक साधारण सभा जुन १८ तारिख आईतवार एन्टवेरपेनमा सम्पन्न भएकोछ । साधारण सभामा संगठनका गतिबिधिका बारेमा जानकारी र नेपाली समुदायले भोगेका समस्या र समाधान, सामुहिक सहभागितामा प्रतिबद्धता जनाइएकोछ ।

साधारण सभाको उद्घाटन बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले र नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष पूर्व सांसद जगत सिंखडाले दीप प्रज्जोलन गरि गर्नु भएको थियो । साधारण सभामा सहिदहरु प्रति श्रद्धान्जलि अर्पण गरिएको थियो ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले बेल्जियममा नेपाल पर्बर्धन गर्न र नेपाली समुदायलाई आपत बिपदमा सहयोग गर्न मन्च सकृय रहेकोछ भन्दै त्यसमा दुताबासको पनि साथ लिएर भबिष्यमा अगाडि बढ्न सुझाब दिनु भयो ।

अर्का बक्ता नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष पूर्व सांसद जगत सिंखडाले लोकतन्त्र र समानुपातिक राज्यब्यबस्थाका लागि नेकपा माओवादीको संघर्ष सफल भएको अब सम्ब्रिद्धिको लागि संघर्ष गर्न आबस्यक छ भन्दै जनयुद्धकालमा नेपाली जनप्रगतिशिल मन्च बेल्जियमले पार्टिलाई गरेको योगदानको लागि धन्यबाद दिनु भयो ।

साधारण सभामा बेल्जियम स्थित बैचारिक,सामाजिक र क्षेत्रिय जातिय संघ संस्थाका प्रतिनिधिहरुले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । बक्ताहरुले बेल्जियमको नेपाली समुदायलाई स्थापित गर्ने, सामाजिक सामुदायिक अभियानमा सहयोग गर्ने, नेपाली समुदायलाई बैचारिक नेत्रित्व गर्ने, र शोषित पीडितको पक्षमा आवाज उठाउने जस्ता मंचले बिगतमा गरेका कामको प्रसंशा गर्दै आगामी दिन पनि सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेका थिए,

एनआरएनए केन्द्रीय सचिब गंगाधर गौतम, एनआरएनए बेल्जियम उपाध्यक्ष तिर्थ धमला, केन्द्रीय कोषाध्यक्ष लोक दाहाल,एनआरएनए केन्द्रीय प्रबक्ता शिव कुमार बरुवाल , नेपाली काङ्रेस महासमिती सदस्य सुभाश गुरुङ्ग हामी नेपाली ग्लोबल बेल्जियम अध्यक्ष अनुजा प्रधान, अन्तरराष्ट्रिय पर्बत समाज अध्यक्ष झलक केसी आदिबासी जनजाती महासंघका उपाध्य्क्ष होम गुरुङग, नेपाली जनसंपर्क समिती पुर्ब अध्यक्ष सुभाश जोशी, नेपाली ब्यबसायी संघ बेनेलक्सका सदस्य सचिब मदन दबादी, नेपाली जनसम्पर्क समिती बेल्जियम पुर्ब अध्यक्ष सीता सापकोटा, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा,अन्तरराष्ट्रिय नेपाली साहित्य समाज दिल्ली अमगाइ, प्रबासी नेपाली मन्च बेल्जियम अध्यक्ष इशा गुरुङ,नेपाली जनप्रगतिशिल मोर्चा अध्यक्ष मेख गुरुङ तमु धी बेल्जियम अध्यक्ष प्रबिना गुरुङ
नेपाली जनप्रगतिशिल मोर्चा यूरोप पुर्ब अध्यक्ष बिष्णु भुजेल, नेपाली जनप्रगतिशिल मोर्चा यूरोप अध्यक्ष बदन योङ्हाङ्ग
जनसम्पर्क समिती बेल्जियम अध्यक्ष पुर्ण तिमिल्सिना, जनप्रगतिशील मन्च यूरोप प्रतिनिधि कृष्ण तिवारी
जनप्रगतिशील मन्च बेल्जियम पुर्ब अध्यक्ष अध्यक्ष चित्र सुवेदी लगायतले साधारण सभाको सफलताको शुभकामना दिनु भएको थियो ।

अतिथिहरुलाई मन्चकी उपाध्यक्ष निर्मला अधिकारी बजगाईले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन महासचिब कल्पना मगरले गर्नु भएको थियो । संगठन अध्यक्ष एबम उक्त कार्यक्रमका सभापति प्रकाश पौडेल उपस्थित अतिथिहरु, सभा सफल सहयोग गर्ने सदस्य पदाधिकारी एबम स्वयमसेबकहरु सबैलाई धन्यबाद दिनु भएको थियो ।

कार्यसमितिले पारित् गरेका संगठनका प्रगती प्रतिबेदन र आर्थिक विवरणमा सुझाब मागिएको र आबस्यक संसोधन गर्नु पर्ने भए गरेर सबै सदस्यहरुलाई जानकारी गराइने साधारण सभामा जानकारी दिइएको थियो ।

Leave A Reply

Your email address will not be published.