खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउनेर्छौं : प्रधानमन्त्री दाहाल

0

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भू-भागमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने बताउनु भएको छ ।

बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको उहाँले बताउनु भएको हो ।

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको पनि बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.