सर्तसहित सीमा नाका खोल्ने भारतको प्रस्ताव

0

काठमाडौं, ९ असोज । भारतले तीनदेखि लगाएको अघोषित नाकाबन्दी खोल्ने भएको छ । मधेसी मोर्चासँग भएको वार्तामा सहमति गर्ने वातावरण बने नाकाबन्दी हटाउने भारतले प्रतिक्रिया दिएको छ । भारतीय राजदुत रञ्जित रेले आजै दिल्लीमा कुराकानी गर्ने बचन दिएका छन् । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायसँग भएको वार्तामा उनले आजै दिल्लीसँग कुराकानी गर्ने बताएका छन् । तर, संविधानका जनसंख्यामा आधारमा निर्वाचन क्षेत्रको विषयलाई सम्बोधन गर्ने दलीय प्रतिवद्धता आए सजिलो हुने उनले तर्क गरेको स्रोतले जनाएको छ ।
भारतका लागि नेपाली राजदुत उपाध्यायले बिहान प्रधानमन्त्री सुशील कोइरालासँग भेटी भारतीय राजदुत रेसँग भएको कुराकानीको जानकारी गराएका छन् । भारतीय चासो सम्वोधन गर्ने वातावरण बने सीमा नाकामा कुनै समस्या नहुने दिएको प्रतिक्रिया प्रधानमन्त्रीलाई उपाध्यायले जानकारी गराएका थिए । प्रधानमन्त्रीले आजै शीर्ष नेताहरुसँग छलफल गरेर टुङ्गो लगाउने बताएका छन् ।

Leave A Reply

Your email address will not be published.