सर्‍यो प्रतिनिधि सभा बैठक

0

काठमाडौं \  ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक साढे १ बजेका लागि सरेको छ । मंगलबार बैठक बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताको विषयलाई लिएर दलहरुबीच विवाद भएपछि समयमा बस्न नसकेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अन्य बिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न नसकेको हो । बिपक्षी दलहरुले असम्वन्धित व्यक्ति बजेट निर्माणको प्रक्रियामा सामेल भएको विषयको छानबिन हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा सोमबारदेखि बजेटमाथि छलफल सुरु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.