गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ, दुई मन्त्री नियुक्त

0

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

उनलाई शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 

यस्तै मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदमा कांग्रेसकै सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला सिम्खडा छन् ।

उनीहरुलाई प्रदेश प्रमुख प्रदेश प्रमुख पृथ्वीमान गुरुङले  पद तथा गोपनियताको शपथ गराए ।उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

Leave A Reply

Your email address will not be published.