लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, तीन मन्त्री नियुक्त

0

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन् ।

चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

शपथपछि मुख्यमन्त्री चौधरीले आजै गठबन्धनमा सामेल केही दलहरूको प्रतिनिधित्व रहने गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.