प्रधानमन्त्री कोइराला अमेरिका भ्रमणमा नजाने

0

काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणमा नजाने भएका छन्। अन्तिम समयमा आएर उनले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । संयुक्त राष्ट्र संघको ७०औं महासभामा भागलिन प्रधानमन्त्रीसहित १७ सदस्यीय टोली आज साँझ ५ बजे न्युर्योक जाने कार्यक्रम थियो ।
मुलुक संकटमा रहेका बेला प्रधानमन्त्रीलाई विदेश भ्रमणमा नजान धेरैले सुझाव दिएका थिए । बालुवाटारमा हिजो बसेको प्रमुख दलहरुको बैठकमा पनि नेताले प्रधानमन्त्री कोइरालाई अमेरिका नजान सुझाएका थिए । भ्रमणमा क्रममा उनले साइडलाइनमा विभिन्न देशका राष्टप्रमुखहरुसँग छलफल गर्ने तय भएको थियो । उनले अमेरिकामा नै स्वास्थ्थ परीक्षण गर्ने पनि तय भइसकेको थियो ।
यसैबीच नेपालका लागि भारतीय राजदूत रणजित रायले आज प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.