विश्व साइकल यात्री ज्ञान महर्जनलाई अन्नपूर्ण क्लबको सम्मान र संगै साइकल सिटी टूर,

0

विश्व शान्ती र बातावरण बिनास रोक्ने सन्देश दिदै साइकलयात्रा गरी रहेका नेपाली साइकल यात्री ज्ञान महर्जनलाई अन्नपूर्ण क्लब ब्रुसेलले स्वागत र सम्मान गरेकोछ । हिजो आईतवार ब्रुसेल सेन्टरबाट ब्रुसेल अटोमियम सम्म महर्जनको साइकल सिटी टूरमा स्थानीय अन्नपूर्ण क्लबका युबाहरुले साथ दिएका थिए ।

महर्जनलाई अन्नपूर्ण क्लब र स्थानीय समाजसेबिहरुले पाच सय सतासी युरो नगद र मायाको चिनो सहित सम्मान पत्र प्रदान गरेका थिए । हाल सम्म १८ बढी देशको यात्रा गरी सकेका महर्जन हाल युरोपको साइकल यात्रा गरी रहेका छन ।

अन्नपूर्ण क्लबका सन्तोष खड्का, हरी श्रेष्ठ , भोला ढकाल, लक्ष्मण गुरुङ लगायत भिम सुबेदी, सौरभ घिमिरे दिपक भण्डारी, मोहन रोका , प्रशाद लाल्चनले सहयोग र ब्यबस्थापन गरेको कार्यक्रम साइकल यात्री महर्जनको अगाडिको यात्रााको सफलताको कामना गरिएको थियो । माया र अतिथ्यताका लागि महर्जनले ब्रुसेलबासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेका छन ।

Leave A Reply

Your email address will not be published.