राप्रपाका मन्त्रीहरुले दिए राजीनामा

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार मन्त्रीले राजीनामा दिएका छन् ।

शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।

सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्रीमा ध्रुबबहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए ।

राप्रपाको आजै बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.