नेपाली जनप्रगतिशील मोर्चा युरोपको पहलमा साइप्रसबाट बिमलाको उद्धार,

0

साइप्रसमा घरायसी कामदारको भिसामा आएकी बिमलालाई आइपुगेको तीन महिना नपुग्दै साहुले काम दिन नसक्ने जनाउदै कामको सम्झौता सकिएको कागजमा त्यहाको एजेन्ट मार्फत जबरजस्ती हस्ताक्षर गर्न लगायो । काम सकिएको कागजमा हस्ताक्षर गरेपछि र अर्को नयां प्रकृयामा नगएसम्म उनको साइप्रस बसाई नै गैरकानुनी बन्यो । नेपाल र साइप्रसका एजेन्ट मिलेर बिमलाको पासपोर्ट नै जफत गरिदिए पछी उनले त्यहाँ नयाँ काम खोज्न पनि समस्या पर्‍यो ।

नयाँ काम र अन्य विकल्पको खोजी गर्न पासपोर्ट नै जफत भए पछी विविध मानसिक र प्राविधिक समस्या झेल्न पर्ने भएकाले उहा र उहाका आफन्तले नेपाली जनप्रगतिशील मोर्चा, युरोपलाई सहयोग गरि नेपाल पठाइदिन अनुरोध गर्नुभयो । पीडितकै अपिल अनुसार मोर्चाले उहाको टिकट ब्यबस्थापन गरी नेपाल पठाएको छ । नेपाल सरकारले अन्य देशहरुसंग वैदेशिक रोजगारी सम्बन्धी सम्झौताहरु गर्न नसक्दा नेपाली युवा युवतीहरुले विदेशमा शारिरीक तथा मानसिक यातना भोग्न परिरहेको छ ।

उहालाई नेपालमा आफन्त सहित नेकपाका कार्यकर्ता, अखिल क्रान्तिकारीका पदाधिकारी, जनपत्रकार संगठनका सदस्य र मध्यपूर्व मोर्चाका संयोजकले स्वागत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.