तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका विष्णु पौडेललाई उप–प्रधान एवं अर्थ, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई उप–प्रधान एवं भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उप–प्रधान एवं गृह मन्त्रालय सम्हाल्ने गरी मन्त्रिपरिषद गठन गरेका हुन् ।

यस्तै, मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहेका छन् । उनीहरुको कार्यभार पछि तोकिनेछ । ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले सोमबार नै शपथ लिएका छन् ।

Leave A Reply

Your email address will not be published.