मेरो नागरिकता छानविनमा हस्तक्षेप गर्दिनँ : गृहमन्त्री लामिछाने

0

काठमाडौं : नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्री पदको शपथ लिएलगत्तै साेमबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर लामिछानेले कार्यभार सम्हालेका हुन् । आफ्नाे पहिलाे प्राथमिकता शान्ति सुव्यवस्था रहेकाे उनले बताए ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने आफ्नाे पहिलाे निर्णय भएकाे मन्त्री लामिछानेले बताए ।

आफूमाथि नागरिकता छानविनकाे विषयमा के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा उनले हरेक विषयमा छानविनका लागि आफ्नाे पूर्ण सहयाेग रहने बताए ।

उनले भने, ‘मेरो नागरिकता छानविनमा हस्तक्षेप गर्दिनँ । यो वा त्यो होइन छानविन स्वतन्त्र हुन्छ ।’ 

Leave A Reply

Your email address will not be published.