प्रधानमन्त्री माओवादीलाई, राष्ट्रपति एमालेलाई

0

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटमा सहमति जुटेको बताइएको छ ।

माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष र अर्थ मन्त्रालय लिने सहमति भएको एक उच्च नेताले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति र सभामुख पद एमालेले लिनेछ । प्रधानमन्त्री पद आधा आधा कार्यकाल हुने ती नेताको भनाइ छ ।

तर त्यसबेला सभामुख भने माओवादी केन्द्रको हुनेछ । एमालेले राष्ट्रपति र प्रधानमन्त्री लिने अवस्थामा सभामुख माओवादीले लिनेछ ।

Leave A Reply

Your email address will not be published.