प्रचण्ड प्रधानमन्त्री नियुक्त, शपथ सोमबार

0

काठमाडौं : प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सात दलको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै समर्थनसहित राष्ट्रपति निवास पुगेको थियो ।

आजै शपथको तयारी भए पनि समय अपुग भएकाले भोलिमात्रै शपथ गर्ने तयारी गरिएको छ ।

राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालकाअनुसार प्रधानमन्त्रीमा प्रचण्डलाई नियुक्त गरिएको छ भने शपथको तयारी भोलि हुँदैछ ।

Leave A Reply

Your email address will not be published.