एमाले संसदीय दलको नेतामा ओली चयन

0

काठमाडौं : नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।

आज प्रज्ञा भवन कमलादीमा बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

एमालेले प्रतिनिधि सभा सदस्यमा ७८ जना सांसद छन् । एमालेमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने व्यवस्था छ ।

अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको तयारी छ ।

बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिएको छ ।

एमालेले बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.