सत्ता गठबन्धनको बैठक आज बस्दै

0

काठमाडौं : चुनावी परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्था र भाबी सरकार गठनको विषयमा छलफल गर्न आज दिउँसो बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको हो ।

नयाँ सरकार गठनको विषयमा सत्ता गठबन्धभित्र एकमत छैन । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरुले यही गठबन्धनलाई निरन्तरता दिने बताए पनि पहिले कसको नेतृत्वमा सरकार गठन गर्ने र प्रधानमन्त्री को हुने भन्ने विवाद छ ।

Leave A Reply

Your email address will not be published.