चुनावपछि पनि संसदलाई निरन्तरता दिने निर्णयवाट पछि हट्यो सरकार

0

काठमाडौं : मंसिर चारको चुनावपछिसम्म पनि अहिलेकै प्रतिनिधिसभा र प्रदेशसभालाई निरन्तरता दिने निर्णयबाट सरकार पछि हटेको छ । 

निर्वाचन ऐन माथिको संशोधन फिर्ता लिन सरकार तयार भएको हो । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसदको कार्यकाल सम्बन्धी संशोधन सरकारले स्विकार गरेको जानकारी दिएका हुन् । 

मन्त्री कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल तय गर्न ल्याएको कानुनलाई राजनीतिकरण गरिएको बताए ।

बैठकमा नयाँ निर्वाचनको मिति घोषणा भइसकेको सन्दर्भमा प्रतिनिधिसभाको कार्यकाल बढाउन नहुनेमा सांसदहरुले जोड दिएका थिए ।

छलफलपछि प्रतिनिधिसभामा ’केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ बहुमतले पारित भएको छ । 

संसदको कार्यकालसम्बन्धी प्रस्ताव सरकारले स्वीकार गरेपछि त्यसबाहेकका विषय समेटेर विधेयक पारित भएको हो । 

संसदको कार्यदल थप्ने प्रस्तावमा सत्तारुढ दल र निर्वाचन आयोगले समेत असन्तुष्टि जनाएको थियो ।

Leave A Reply

Your email address will not be published.