जसपा अध्यक्ष यादवले गरे दुई अध्यक्षको व्यवस्था हटाउने प्रस्ताव

0

काठमाडौं : सत्तारुढ जनता समाजवादी पार्टी जसपाले दुई अध्यक्षको व्यवस्था हटाउने भएको छ ।

पर्साको वीरगञ्जमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले विधान संशोधनको प्रस्ताव पेश गरेका हुन । प्रस्तावमा एक मात्र अध्यक्ष रहने उल्लेख छ ।

जसपाले यसअघि एक संघीय परिषद् अध्यक्ष र दुई केन्द्रीय समिति अध्यक्षको व्यवस्था गरेको थियो ।

सोही व्यवस्था अनुसार संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई र केन्द्रीय अध्यक्षहरूमा उपेन्द्र यादव र महन्थ ठाकुर बनेका थिए ।

ठाकुरले जसपाबाट अलग भई लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिसकेकाले जसपाको एक अध्यक्ष रिक्त छ ।

रिक्त रहेको एक अध्यक्ष पूर्ति नगरी दुई अध्यक्षको व्यवस्था नै हटाउने प्रस्ताव यादवले बैठकमा गरेका हुन । यादव पक्षको बैठक बुधबारदेखि वीरगञ्जमा जारी छ ।

संघीय परिषद अध्यक्ष भट्टराईले पनि पार्टी छाडेर नयाँ पार्टी गठन प्रक्रियाका लागि काठमाडौंमा मंगलबारदेखि भेला गरेका छन् ।

संशोधन प्रस्तावमा संघीय परिषद अध्यक्ष भने यथावत राखिएको छ ।

Leave A Reply

Your email address will not be published.