जिल्ला समन्वय समिति जाजरकोटमा गठबन्धन बिजयी

0

जाजरकोट जिल्लाको जिल्ला समन्वय समितिमा गठबन्धनका सबै उम्मेद्वार बिजयी भएकाछन । जिल्ला समन्वय समिति प्रमुखमा नेपाली काङ्रेसका काली बहादुर खत्री र सदस्यमा नेकपा माओबादी केन्द्रकी बिनिता नेपाली यस अघिनै निर्बिरोध निर्बाचित भैसकेका थिए ।

बुधवार सम्पन्न निर्वाचनमा उपप्रमुखमा नेकपा माओबादीका दल बहादुर सिंह, जिससको खुल्ला सदस्यमा नेपाली काग्रेसका चित्र प्रशाद शर्मा , खड्क बहादुर बुढा र जित बहादुर रोकाया निर्बाचित भएकाछन । महिला सदस्यमा नेपाली काङ्रेसका बिन्दु शाही र पानशा शाही एबम नेकपा माओवादीका नन्दकला बिक निर्बाचित भए ।

जिल्ला समन्वय समितिमा नेपाली काङ्रेस र नेकपा माओवादी गठबन्धन र नेकपा एमालेका उम्मेद्वiर बिच निर्वाचन भएको थियो ।

Leave A Reply

Your email address will not be published.