पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध हटाउने इण्डोनेसियाको घोषणा

0

एजेन्सी : इन्डोनेसियाले पाम तेल निर्यातमा लगाएको प्रतिबन्ध आगामी सोमबारदेखि हटाउने घोषणा गरेको छ । इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका हुन् ।

युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वभर खाद्यान्न आपूर्ति प्रभावित भएका बेला यो निर्णयले विश्वमा खाद्य तेलको पूर्ति गर्न टेवा पुग्ने विडोडोले विश्वास लिएका छन् ।

प्रतिबन्ध फुकुवा गर्दै जोको विडोडोले पाम आयल उद्योगमा कार्यरत करिब १ करोड ७० लाख कर्मचारी, किसान र मजदुरको हितमा सोमबारदेखि तेल निकासी शुरु गर्ने निर्णय गरेको बताए ।

इण्डोनेसिया विश्वमा पाम तेलको सबैभन्दा ठूलो उत्पादक हो । इण्डोनेसियाले गत महिना घरेलु मूल्य घटाउन र स्टक बढाउन पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

सरकारले पाम तेल निर्यातमा प्रतिबन्ध लगाएपछि इन्डोनेसियाका धेरै सहरमा किसानहरुले प्रदर्शन गर्दै निर्यातमा प्रतिबन्ध हटाउन माग गरेका थिए ।

Leave A Reply

Your email address will not be published.