दिल्लीको एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु

0

एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीको मेट्रो स्टेसनस्थित एक भवनमा आगलागी हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । 

राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै भएको आगलागीमा १२ जना घाइते भएका छन् । 

आगलागीको समयमा सो भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ । सो भवनको झ्यालको सिसा फोडेर आगलागीमा फसेकाहरुको प्रहरीले उद्धार गरेको थियो । 

आगलागीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ । 

घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबट मृत्यु भएकाको परिवारलाई २ लाख र घाइतेलाई उपचारका लागि ५० हजार प्रदान गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.