नेपाल चिनाउने अभियानमा साथ दिन नेपाली दुताबास बेल्जियमको अनुरोध, २० किमी ब्रुसेल रनमा ( दौड प्रतियोगिता ) भाग लिनको लागि दर्ता हुने ९ मे अन्तिम दिन

0

बेल्जियमको राजधानी ब्रुसेलमा हुने २० किलोमिटर दौडमा बेल्जियमबासी नेपाली समुदायलाई सहभागि बनेर नेपाल चिनाउने अभियान सफल बनाउन नेपाली दुतावास बेल्जियमले अनुरोध गरेकोछ । नेपालको झंडा र नेपालको नक्सा अंकित टिशर्ट लगाएर नेपालीहरु र अन्य करीब चालिस हजार बढीको सहभागिता हुने यस दौडमा, नेपाली दुताबासको संयोजनमा एआरएनए बेल्जियम, तमुसमाज बेल्जियम र अन्नपूर्ण क्लब ब्रुसेलले सहकार्य गरेकाछन ।

युरोपका लोकप्रिय दौड प्रतियोगिता मध्येको २० किमी ब्रुसेल दौड १९८० बाट सुरु भएर हरेक बर्ष मे महिनामा आयोजना हुने गर्दछ । यस बर्ष यहि मे २९ तारिख बिहान ९,३० बजे सुरु हुनेछ ।

कोरोना प्रकोपले गर्दा गत बर्षहरुमा समयमा हुन नसकेको प्रतियोगितामा यस पटक उत्साहजनक सहभागिता हुने विश्वाशका साथ भब्य तयारी गरिएको आयोजक संस्थाले जनाएकोछ । २०१९ मा १३७ राष्ट्रका ३५८८९ जनाले भाग लिएको दौडमा यो बर्ष त्यो भन्दा बढी शंख्यामा प्रतियोगिहरु आउने आयोजकहरुले बताएकाछन् ।


२० किलोमिटरको दौड भए पनि आफुले सकेको जति दुरिमा दौडेर छोड्न मिल्ने, दौडन नसक्नेहरु हिंडेर पनि सहभागि हुन सकिने र अपाङ्गहरुको लागि सोही अनुसारको ब्यबस्था भएको एनआरएनए बेल्जियमका सचिब एबम ब्रूसेलका स्थानीय बासिन्दा सुबाश भट्टले जानकारी गराउनु भएकोछ ।

धेरै ठुलो तयारी र धनरासी खर्च गर्नु नपर्ने , लाखौं मानिसले प्रत्यक्ष र भर्च्युअल माध्यमबाट विश्वभरबाट हेर्ने कार्यक्रमले नेपाललाई चिनाउन र नेपालमा पर्यटन प्रबर्धनमा सहयोग पुग्ने भएकोले नेपाली दुतावास बेल्जियमले दौडमा भाग लिनको लागि दर्ता हुनु पर्ने अन्तिम मिती भोली मे ९ तारिखमा दर्ता हुन बिशेष अनुरोध गरेको हो ।

नेपाली टिमको दौड र त्यस पष्चात हुए मेडल बितरण कार्यक्रमलाई बेल्जियमका नेपाली पत्रकारहरुले प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेकाछन ।

Leave A Reply

Your email address will not be published.