बेल्जियमको प्रसिद्ध ट्रेन्ड बिजनेस अवार्डमा नेपाली ब्यबसायीको कम्पनी पुरस्क्रित,

0

बेल्जियमका नेपाली ब्यबसायीहरु लोक दाहाल र काशी दनैको कम्पनी “सुशी किङ्ग ग्रूप” , बेल्जियमको प्रसिद्ध बिजनेस म्यगाजिन ट्रेन्डले प्रत्यैक बर्ष प्रदान गर्ने सिघ्र प्रगति गरिरहेका नयाँ कम्पनीको सुचीमा नोमिनेशनमा परेर पुरस्क्रित भएकोछ ।

छिट्टो छरितो र पारदर्शी ब्रिद्धिदर कायम गरेको कम्पनीको सुचीमा मनोनयनमा परेको दाहाल र दनैको कम्पनी ट्रेन्ड अवार्डमा बेल्जियम भरिका कम्पनीमा ४२ औ र एन्तवेरपेन प्रदेश ( प्रोभेन्स ) का कम्पनिहरु द्वारा सन्चालित सफल रेस्तुरेन्टहरुको बर्गिकरणमा (क्याटागोरी) दोश्रो स्थानमा परेको हो । सुशी किङ्गका बिगत पाच बर्षका ब्याबसायिक ब्रिद्धीको स्तर र कारोबारको मुल्याङ्कन गरेर मनोनयन गरेको ट्रेन्डले जानकारी गराएकोछ ।

बेल्जियम सरकारको रेकर्डमा राम्रो कर भुक्तानी गर्ने, धेरै कामदारलाई रोजगारी दिने, अन्य आर्थिक गतिबिधी र बताबरणिय क्षेत्रमा सरकारी मानकहरु पुरा गर्ने कम्पनीहरुलाई उक्त ब्यापारिक जर्नलले पुरस्क्रित गर्ने गर्द्छ । १९७५ मा स्थापना भएर विश्वसनीय ब्यापारिक र आर्थिक समाचार पस्कदै आएको ट्रेन्डलाई बेल्जियमको ब्यबसायिक जमातले विश्वाश गर्ने र उसले आँकलन गरेका ब्यापारिक परिद्रिष्यलाई अनुसरण गर्ने गरेकाछन ।

बेल्जियम र युरोपका अन्य देशमा पनि ब्याबसायिक गतिबिधिका सूचना र विवरण तथा अर्थनीतिको आँकलन गर्ने रौलार्ता ग्रूप द्वारा स्थापित ट्रेन्ड म्यागाजिनले नेपाली ब्यबसायिको कम्पनीलाई पुरस्क्रित गर्नु प्रबासी ब्यापारिहरुका लागि हौशलाको बिषय मानिएकोछ ।

स्थापनाको एक दशकमा राष्ट्रिय ख्याती कमाएको ब्यापारिक प्रतियोगितामा मनोनयन हुदा अझै इमान्दार भएर नियम संगत ब्यवसाय गर्न हौशला मिलेको सुशी किङ ग्रूपका निर्देशक काशी दनैले पुरुस्कार प्राप्त गरे पछि बाताएकाछन ।

Leave A Reply

Your email address will not be published.