शनिबार पनि लिम्बुवान बन्द

0

पाँचथर, १९ भदौ । पक्राउ परेका आफना कार्यकर्ता रिहाइको माग गर्दै संघीय लिम्वुवान पाटी नेपालले गरेको अनिश्चतकालिन वन्द आज दोस्रो दिन पनि जारी छ । वन्दका कारण पूर्वका पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम,धनकुटा, संखुवासभा, भोजपुर लगायत जिल्लाको जनजिवन प्रभावित भएको छ । यी जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन संचालन हुन सकेका छैनन् भने वजार,पसल तथा कलकारखाना ठप्प छन् । बन्दलाई खुकुलो र सहज बनाउने भन्दै शिक्षण संस्था र मोटरसाइकल भने संचालन गर्न दिने सो पाटीले जनाएको छ । वन्द खुलाउने विषयमा शुक्रवार पहल भएपनि वार्ता सफल हुन नसकेको पाटीका जिल्ला सचिव सागर केरुङले बताए ।

Leave A Reply

Your email address will not be published.