माओवादीले भरतपुर महानगर नभई हुन्न भनेको छैन : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले आसन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिका जसरी पनि चाहिन्छ भनेर अडान नलिएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले आफूहरुले गठबन्धनमा सहमती गरेर अगाडि बढ्ने बताए । 

उनले आसन्न निर्वाचनमा ६ महानगरपालिकामध्ये ३ वटा महानगरपालिकामा नेपाली कांग्रेसले लड्ने र अरु तीन वटा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले लिने सहमति नजिक पुगेको पनि बताए ।

तर, कुन महानगरमा कसरी अगाडि बढ्ने भन्ने अहिलेसम्म निष्कर्ष ननिस्किएको उनले बताएका छन् । 

Leave A Reply

Your email address will not be published.