यस्तो छ बाबुराम भट्टराईको ३३ पृष्ठको राजनीतिक प्रतिवेदन

0

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय  परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

पार्टीको संघीय परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले पार्टीको राजनीतिक जीवनमा विभिन्न आरोहअवरोह आउनु स्वाभाविक हुने उल्लेख गर्दै पार्टी संगठनले त्यस्ता समस्या, अप्ठ्यारा र आरोहअवरोहलाई सामना गर्न र पचाउन सक्नपर्ने बताएका छन् ।

बैठकमा भट्टराईले ३३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । पार्टीमा अभिलेख राखिएका निर्णय मात्रै आधिकारीक निर्णय हुने भट्टराईको भनाइ छ । पार्टीमा जिम्मेवारी लिने तर पूरा नगर्ने प्रवृति सैह्य नहुने प्रतिवेदनमा उल्लेख छ । पार्टीभित्र हार र जीत निरन्तर प्रक्रिया रहेको भट्टराईको प्रतिवेदनमा उल्लेख छ । 

उनले गठबन्धन सरकारलाई आगामी निर्वाचनहरू सम्पन्न गरुन्जेलसम्म जोगाइराख्न यथासम्भव सबै प्रयत्न गर्नुपर्ने बताएका छन् ।

प्रतिगमनविरोधि संघर्ष, एमसिसी प्रकरण लगायतका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हाम्रो पार्टीलाई मन्त्रिमण्डल गठन, मुख्य राजनीतिक नियुक्ति, चुनावी तालमेल आदि सन्दर्भमा गठबन्धनको मर्मविपरीत उपेक्षा, न्यूनीकरण गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्न पार्टी चुक्नु नहुने उनले उल्लेख गरेका छन् ।

स्थानीय विशेषता र सम्भावनाअनुसार अरू कुनै पक्षसँग चुनावी तालमेल गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्ने उनले उल्लेख गरेका छन् ।

Leave A Reply

Your email address will not be published.