संसदलाई भत्ता खाने थलो मात्र बनाइयो : एमाले अध्यक्ष ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदलाई भत्ता खाने थलोको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै ओलीले मुद्दा लडेर ल्याइएको संसदलाई गठबन्धनले निकम्मा बनाएर भत्ता खाने थलो मात्रै बनाएको बताएका हुन् । 

उनले विगतको जनादेश खण्डित भइसकेकाले नयाँ जनादेशमा जानु अनिवार्य भएको जिकिर समेत गरे । एमालेले चूनाव जित्ने भएकाले गठबन्धन निर्वाचनबाट भाग्न खोजेको दाबीसमेत उनले गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकार पाँच जना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भएको टिप्पणी गर्दै जनताको अभिमतबाट उखेलेर मिल्काइदिने बताए । उनले सरकारलाई पूर्ण रुपमा सहयोग गर्न कर्मचारीलाई निर्देशन समेत दिए ।

Leave A Reply

Your email address will not be published.