गैर आबासिय नेपाली संघ जापानले अङ्रेजी नयाँ बर्ष 2022 को शुभकामना आदानप्रदान र सुझाब संकलन कार्यक्रम सम्पन्न गरेकोछ । एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग प्रमुख अतिथी रहनु भएको कार्यक्रम जापानका बिभिन्न क्षेत्रमा रहनु भएका एनआरएनएका अभियन्ता र शुभचिन्तकहरु , अन्य देशबाट जोडिनु भएका एनआरएनए अभियन्ता एबम संचारकर्मिहरुले जापानको निर्वाचनमा भएको नाङ्गो धादली र त्यसबाट संसारभरि जापानको बादनामी भएकोमा चिन्ता ब्यक्त गरेका थिए ।
सामाजिक संस्थामा काम गर्दा सानोतिनो गल्ती भए माफ दिने नेपालीहरुको चलन भए पनि संगठननै धरासायी बनाउने गरी नियोजित रुपमा गरिएको धादली सह्य हुननसक्ने उनीहरुले बताए । एनआरएनए कब्जा गर्नका लागी जापानमा भएको सामाजिक संस्थाले कल्पना गर्न नसकिने व्यबहारलाई एनआरएनए केन्द्रका पदाधिकारीहरुले आफुलाई भोट आउने लोभमा लुकाउन खोज्नु निन्दनिय हो ।
केन्द्रले नै बनाएको छानबिन समितीले धादली भएको भनेर प्रमाण सहित रिपोर्ट बुझाउदा पनि कार्यबाही नगरेर धादलि गर्नेहरुलाई संरक्षण गरेकोले एनआरएनए जापानका शुभचिन्तकहरु र बिधी र प्रकृयाका समर्थकहरुको सुझाब अनुसार २०१९-२१ को कार्यसमितिलाई निरन्तरता दिने गरि निर्णय भए अनुसार कार्यबाहक अध्यक्ष अनिता गुरुङले संस्थागत काम कार्यबाही सुरु गरेको जानकारी पनि कार्यक्रममा दिएको थियो ।
एनआरएनए जापानको अनीता गुरुङको समितिले गरेका गतिबिधीलाई मात्र सन्स्थागत रेकर्डमा राख्ने केन्द्रमा जानकारी गराइएको र छेत्रीय समितीहरु अन्य सामाजिक संघसंस्थाहरुलाई पनि सहकार्यका लागि प्रस्ताब् गरेकोमा र धेरैले सकारात्मक प्रतिकृया दिएका छन ।
आगामी दिनमा जापानमा रहेका सबै सामाजिक संस्था र सामाजिक काम गर्ने महानुभाबहरुको सहयोग र सल्लाहसुझाब अनुसार काम गर्ने उद्यस्य सहित आज चाडबाडको शुभकामना र सुझाब संकलन गरिएको हो ।
बिभिन्न सामाजिक संस्थाका अध्यक्षहरु, बैचारिक संगठन र एनआरएनए जापानका छेत्रीय समितिका अध्यक्षहरु र एनआरएनएका अग्रजहरुले एनआरएनए जापानलाई सबैको साझा र पारदर्शी बनाउने अभियान लाई साथ समर्थन दिने आश्वासन र प्रतिबद्ध्ता ब्यक्त गर्दै कार्यक्रमको सफलअताको कामना गर्नु भएको थियो ।
एन आरएनए जापानकी कार्यबाहक अध्यक्ष अनीता गुरुङको सभापतित्वमा भएको भर्चुअल कार्यक्रमको सन्चालन कालिका थापाले गर्नु भएको थियो ।