लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य पद अस्वीकार

0

काठमाडौं : नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

अध्यक्ष केपी ओलीले हिजो प्रस्ताव गरेका ३ सय १ केन्द्रीय सदस्यको सूचीमा उनको नाम थियो ।

पण्डित एमालेको उपाध्यक्ष पदका आकांक्षी थिए । तर, सो पदमा ओलीले नसमेटेपछि उनी असन्तुष्ट बनेका हुन् ।

पण्डितले सामाजिक सञ्जालमा पनि आफू पार्टीको कार्यकारी पदमा नरहेको घोषणा गरेका छन् ।

उनले सोमबारदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताउँदै दशौं महाधिवेशनबाट विजयीहरूलाई शुभकामना समेत दिएका छन् ।

Leave A Reply

Your email address will not be published.