एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव सर्वसम्मत, बाँकी पदमा चुनाव

0

काठमाडौं : नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव सर्वसम्मत चुनिएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र तीन उपमहासचिवमा विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली निर्विरोध चयन भएका हुन् ।

मनोनयनको समय सकिँदासम्म यी तीनवटै पदमा अरु कसैको उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध चयन भएका हुन् । यद्यपि निर्वाचन समितिले घोषणा गर्न भने बाँकी छ ।

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा भने निर्वाचन हुने भएको छ । संख्याभन्दा बढी पदमा उम्मेदवारी परेकाले निर्वाचन हुने भएको हो ।

उपाध्यक्षमा सर्वसम्मतका लागि ओलीले घोषणा गरेको सूचीमा रहेकाहरूबाहेक घनश्याम भूसालले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी ओलीले घोषणा गरेको सूचीमा नपरेका भीम आचार्य र टंक कार्कीले सचिवमा उम्मेदवारी परेको छ ।

Leave A Reply

Your email address will not be published.