स्वास्थ्यमा समस्या आएपछि प्रचण्ड अस्पताल भर्ना

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् ।

रक्तचाप बढेर मेडिसिटी अस्पताल भर्ना भएका दाहाललाई आरामको जरुरी रहेकाले चिकित्सकको निगरानीमा एक दिन अस्पतालमै राखिने उनको स्वकीय सचिवालयले जनाएको छ ।

दाहाललाई शुक्रबारदेखि रक्तचाप बढिरहेको थियो । रक्तचाप सन्तुलनमा नआएपछि दाहाललाई मेडिसिटी अस्पताल लगिएको होे ।

हाल दाहालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही दिनअघि दाहाल डोल्पा भ्रमणमा गएका थिए । त्यहाँबाट फर्केपछि उनको रक्तचाप असन्तुलन भएको थियो ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि महोत्तरीमा शनिबार हुने भनिएको निर्धारित कार्यक्रमहरु स्थगित गरिएको थियो । उनलाई बिहानैदेखि खुमलटारस्थित निवासमा चिकित्सकहरुले निगरानीमा राखेका थिए ।

Leave A Reply

Your email address will not be published.