एनआरएनएको महाधिबेशन प्रतिनिधि बिबाद समाधानोन्मुख , महाधिबेशनको मिति छिट्टै घोषणा हुने

0

गैर आबासीय नेपाली संघ दशौ महाधिबेशनको अन्योलता अझै हटेको छैन, दशै र तिहारको बिचमा सम्पन्न भैसक्नु पर्ने एनआरएनएको अधिबेशन तिहार सकिदा पनि ‘ अब चाँही हुन्छ’ भनेर भन्न सकिने गरि बातावरण बनेको छैन ।

बिभिन्न देशमा प्रतिनिधि चयन बिधान सम्मत नभएको उजुरी पाएको पररास्ट्र मन्त्रालयले बिधान अनुरुप वा पूर्व अभ्यास अनुसार प्रतिनिधि चयन गरि निर्वाचन प्रकृया अघि बढाउन निर्देश गरेकोमा केही प्रयास भए पनि ठोस समाधानको लागि निर्णय हुन सकेकोछैन । निर्बाचित कार्यसमितिको अबधि समाप्त भएको अवस्थामा बिधानको व्याख्या भन्दा सहमतिमा महाधिबेशन भए मात्र संगठनका गतिबिधिले बैधानिकता पाउनेछन ।

अध्यक्ष कुमार पन्तको आग्रहमा मुख्य समस्या र समाधानका बुदा तयार ‘FACT FINDING’ गरेको उपाध्यक्ष मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ, प्रबक्ता डिबी क्षेत्री र यादब पन्डित लगायतको टोलीले फरक फरक देशमा रहेका समस्या समाधानका उपायहरु सहित बिबाद समाधानका लागि अध्यक्षलाई समन्वयकारी भूमिका खेल्न र महाधिबेशन गर्ने बातावरण बनाउन सुझाब दिएको छ । यहि सुझाबको आधारमा सबै पक्ष सहमत हुन सके अबको १ महिनामा अधिबेशन हुनेमा आशाबादी हुन सकिन्छ ।

समितिको सुझाबहरुको आधारमा पूर्व अध्यक्ष जीबा लामिछाने र संस्थापक महासचिब भिम उदास सहित पररास्ट्रमन्त्री नारायण खड्कालाई भेट्न् गएका अध्यक्ष कुमार पन्तलाई मन्त्रालयले एनआरएनएको महाधिबेशन बिधान र प्रकृया अनुसार हुनु पर्ने यस् अघिको आफ्नो निर्देशन र भएको प्रगति बारे जिज्ञाशा राखेको थियो । मन्त्री खड्कालाई त्यहि अनौपचारिक समितीले दिएको सुझाब अनुसार बिधान अन्तर्गत हुने गरि लिखित जबाफ पेश गर्ने प्रतिबद्धता अध्यक्ष पन्तले जनाएका छन ।

अध्यक्ष पन्तले अबको केही दिन भित्र बिबाद समाधान गरेर पूर्व अध्यक्षहरु र आगामी कार्यकालका उम्मेद्वारहरुको सहमतिमा अधिबेशनको मिति घोषणा गर्ने तयारी गरि रहेकाछन ।

सहमतिको पहल गरेका संघका कोषाध्यक्ष महेश श्रेष्ठले अहिलेको अबस्थामा सबैलाई स्विकार्य हुन सक्ने गरि सुझाब तयार गरेको र अध्यक्षले समन्वय गरेर सबैको सहमतिमा छिट्टै अधिबेशनको मिति घोषणा गर्ने बताएकाछन ।

प्रबक्ता डिबी क्षेत्री पनि समस्या लम्ब्याउदा संगठनलाई अझ क्षति पुग्ने भएकोले छिट्टै समाधानको औपचारिक निर्णय हुनेमा विश्वस्त रहेको बताउछन ।

Leave A Reply

Your email address will not be published.