एनआरएनए साइप्रसको चौथो फूट्सल टुर्नामेन्ट सम्पन्न

0

गैर आबासीय नेपाली संघ साईप्रसको दशै कप फूटसल प्रतियोगिता सम्पन्न भएकोछ । साइप्रसमा रहेका नेपालीहरु बिच एकापसमा सद्भाव , एकता र भातृत्वको सम्बन्ध अझ मजबुत बनाउने मूल उदेश्य लिएर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसले नियमित आयोजना गर्ने तुर्नामेन्टको चौथो सिजन १० अक्टोबर 2021 आइतबार कार्यक्रम स्ट्रोभोलोस म्युनिसिपिलिटी स्पोर्टीङ सेन्टर निकोसियामा आयोजना गरिएको थियो ।

साइप्रसका बिभिन्न स्थानका फूटबल टिमहरु क्रमश दा दिपेश फुटबल क्लब, राइडर्स फुटबल क्लब , गुर्खा स्यापर्स फुटबल क्लब ‘ अ’ , गुर्खा स्यापर्स फुटबल क्लब ‘B ‘.फुत्सल क्लब दि लिमासोल , गुर्खा स्यापर्स फुटबल क्लब ‘C ‘, मोसी मोसी फुटबल क्लब , ओकि ओकि फुटबल क्लब, पाफोस परिवार फुटबल क्लब, टिम सरकार फुटबल क्लब , एन आर ए फुटबल क्लब ‘A ‘, एन आर ए फुटबल क्लब ‘B ‘, एफ एन एस फुटबल क्लब, एभरेस्ट फुटबल क्लब, डेडली सिन्नेर्स फुटबल क्लब , सगरमाथा फुटबल क्लब गरी १६ वटा टिम सहभागि भएको खेलमा गुर्खा स्यापर्स फूटबल क्लब ए प्रथम भएकोछ ।

चार वटा समुहमा राखिएका खेलमा गुर्खा स्यापर्स फुटबल क्लब ‘C ‘ गुर्खा स्यापर्स फुटबल क्लब ‘ A गुर्खा स्यापर्स फुटबल क्लब ‘B ‘ एनआरएनए फुटबल क्लब ‘ A ‘ गरी चार वटा टिम क्वाटर फाइनलमा पुगेका थिए भने फाइन खेल गुर्खा स्यापर्स र गुर्खा स्यापर्स बिच भएको थियो ।

बिजेता पहिलो टिमलाई नगद ४०० युरो , दोश्रो टिमलाई २०० युरो नगद पुरुस्कार सहित पदक ( मेडल ) प्रदान गरिएकोछ । एनआरएनए साइप्रसका अध्यक्ष कुन्दन कार्कीको शभापतित्वमा भएको पुरुस्कार बितरण समारोहको सन्चालन एनआरएनए साईप्रसकी महासचिब राधा पोख्रेल थापाले गर्नु भएको थियो । अध्यक्ष कार्की र प्रमुख अतिथी नेपाली अबैतनिक दुताबास साइप्रसका प्रतिनिधि कोस्तास क्तोरिदेशले खेलाडिहरुलाई पुरुस्कार , मेडल र ट्रफी प्रदान गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.