बेल्जियममा ब्युझियो नेपाल हाउसको सपना, एनआरएनए बेल्जियम परियोजना निर्माणको पहल गर्दै

0

बेल्जियमको नेपाली समुदायको बहु प्रतिक्षित परियोजना “नेपाल हाउस” बनाउने अभियान पुन सुरु भएकोछ । गैर आबासीय नेपाली संघको नबनिर्बाचित कार्यसमितिले नेपाल हाउस निर्माणको पहल सुरु गरेकोछ ।

संघको बर्तमान समिती निर्बाचित भए पष्चात १२ बर्ष अगाडि सुरु गरिएको र अत्यन्त बिबादित भएर असफल भएको नेपाल हाउस बनाउन प्रयास गर्ने निर्णय गरेको थियो । बेल्जियम स्थित बिबिन्न संघ संस्थाका पदाधिकारीहरुलाई समितिले नेपाल हाउस बनाउन सकिने सम्भाबित ठाउँ , लागत र पुँजि संकलन लगायतका बिषयमा आईतवार एक भर्चुअल बैठकमा जानकारी गराएकोछ ।

एनआरएनए बेल्जियम मुख्य शेयरहोल्डर रहने गरी संघसंस्था र इछ्युक ब्यक्तीहरुको साझेदारीमा कम्पनी बनाई संस्थालाई दीर्घकालिन आयआर्जन पनि हुने र नेपाली समुदायको आवश्यकता पनि पुरा हुने गरेर योजना अघि बढाउने लक्ष समितिले लिएकोछ ।

एनआरएनए बेल्जियमका सचिब एबम नेपाल हाउस परियोजनाका सदस्य सचिब सुबाश भट्टले प्रस्तुत गरेको परियोजना बिस्त्रित अध्ययन प्रतिबेदनमा सहभागि संघसंस्थाका प्रतिनिधिहरुले सुझाब दिदै बिगतका कमिकमजोरीबाट पाठ सिकेर सबैको सहभागिता हुने गरि छलफल अगाडि बढाउन सुझाब दिए । कार्यक्रममा उपस्थित सबैले आफ्नो तर्फबाट सकेको सहयोग र सहभागिता रहने प्रतिबद्धता पनि ब्यक्त गरेकाछन ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले अब समुदायको ब्यापक छलफल र सुझाब अनुसार छिट्टै नेपाल हाउस निर्माणको पहल थालिने बताएका छन ।

बैठक एनआरएनएका केन्द्रिय उपाध्यक्ष अर्जुन श्रेष्ठ, आईसिसी सदस्य सुभाश जोशी, प्रस्तावित आईसिसी सदस्य द्वय गंगा शर्मा , भिम जोशी लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले सुझाब सल्लाह दिएका थिए । कार्यक्रमको सहजिकरण उपाध्यक्ष तिर्थ धमलाले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.