सहमति र एकताका लागि प्रयासरत छु , कुनै प्यानलले दु:ख दियो भनेकोछैन – महेश श्रेष्ठ, कोषाध्यक्ष एनआरएनए

0

गैर आबासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले संघको आगामी महाधिबेशनका लागि तयार भएका चुनाबी प्यानलमा आफ्नो संलग्नताबारे केहि संचारमाध्यमले प्रायोजित समाचार लेखेर आफ्नो चरित्र हत्या गरेको गुनासो गरेकाछन । श्रेष्ठले एनआरएनएमा बिभाजनलाई बढावा दिने गतिबिधी दुबै तर्फबाट भएको हुँदा आम एनआरएनहरु चिन्तित देखिएकोले त्यस चिन्तालाई सम्बोधन गर्ने र संगठनमा सहमति र एकताको बातावरण सिर्जना गर्न लागिपरेको अवस्थामा आफुलाई नसोधेर लेखिएका यस्ताखाले समाचारले दुखित बनाएको बताएकाछन ।

गत महाधिबेशनमा हायात होटेलमा भएको चुनाबी अब्यबस्थाले बढाएको बिभाजन र अबिश्वासले गत बर्षको बिशेष महाधिबेशन र आगामी विश्व सम्मेलन सम्मलाई असर गरेकोछ । संघमा भएको महाधिबेशन प्रतिनिधि बिबाद लगायत संस्थाका दीर्घ जीबनमा नकारात्मक प्रभाब पार्न सक्ने बिषयहरुको सम्बोधन गर्ने पूर्ण जिम्मेवारि संरक्षक परिषद, संस्थापक अध्यक्ष उपेन्द्र महतो , बर्तमान अध्यक्ष कुमार पन्तलाई दिने निर्णय भएको सबैलाई बिदितैछ , बिभिन्न देशका प्रतिनिधि चयनको बिबाद पररास्ट्र मन्त्रालय , सर्बोच्च अदालत सम्म पुगेको र सो कारण निर्धारित समयमा महाधिबेशन सम्पन्न नभएमा रिक्तता सिर्जना भै संगठनको अस्तित्व संकटमा पर्ने देखिएको सबैलाई सँयमित र जिम्मेवार भएर प्रस्तुत हुन पनि श्रेष्ठले आग्रह गरेकाछन ।

एनआरएनए सामाजिक र साझा संस्था भएकोले संस्थालाई सबैको साझा बनाउने अभियानमा सबै पन्जिक्रित सदस्य र शुभेक्षुक गैर आबासीय नेपालीहरुले सहयोग गर्नु पर्ने पनि श्रेष्ठको धारणा छ ।

बिधी पद्धतिले संगठन चलाऊन आफुले सदैब संघर्ष गरेको र आगामी दिनमा पनि निरन्तर प्रयास जारी राख्ने बताउदै श्रेष्ठले बिधिपद्धतिको अनुसरण गर्ने र बिक्रिती बिरुद्ध बोल्ने ब्यक्तिहरुलाई समर्थन गरेमा संस्था ट्र्याकमा आउने पनि उनको विश्वाशछ । युरोपबाट सन्चालन हुने केहि अनलाइनले श्रेष्ठले नबोलेको “कुल आचार्यको समुहले दु:ख दिएको र आफु बद्री केसी प्यानलमा रहेको” आसयको समाचारमा टिप्पणी गर्दै उपर्युक्त टिप्पणी गरेका हुन ।

आफु सदैब लोकातान्त्रिक पद्धति र बिचारको समर्थक रहेकोले लोकतान्त्रिक र संस्थागत बिधि पद्धतिका पक्षधरहरुसँग आफ्नो सहकार्य रहने पनि श्रेष्ठले बताएकाछन ।

Leave A Reply

Your email address will not be published.