सांगठनिक सुदृढीकरण, महिलाहरुको नेतृत्व बिकास, सशक्तिकरण , उध्यमशिलता र समाबेसि एनआरएनएका लागि महिला संयोजकमा जुनु गुरुङको उम्मेद्वारि

0

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को अक्टोबरमा हुने दशौ महाधिबेशनमा दक्षिण कोरीयाकी महिला समाजसेबी जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारी घोषणा गर्नु भएकोछ ।


गैरआवासीय नेपाली संघ दक्षिण कोरियामा सक्रिय रहदै आएकी गुरुङ दक्षिण कोरियामा महिलाहरूको संस्था ‘ओमन फर ओमन’ काे अध्यक्षको रुपमा आफ्नो नेत्रित्वको पहिचान गराइ सक्नु भएकोछ । कोरियामा नेपाली समुदायका लागि सामाजिक उत्तरदायित्व बहन गर्न सदैब अग्रणी भूमिकामा रहने गुरुङ कोरियामा स्थापित दर्जनौ संघ संस्थाका संरक्षक र सल्लाहकार हुनु हुन्छ ।

कोरियाको नेपाली समुदायका लागि उहांको निस्वार्थ योगदानको कदर गर्दै दक्षिण कोरिया सरकारले गुरुङलाई मानार्थ नागरिकताबाट सम्मान गरेको थियो । अन्तर्राष्टिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक( २०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९–२०२१) लगायत गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारी सम्हाली सफलतापूर्वक कार्य सम्पन्न गरेर संगठनका सम्भाबना र चुनौती बुझेकी गुरुङ विश्व भरि रहेका प्रबासी महिलाहरुलाई एनआरएन अभियानमा जोडी , बिबाद र बहस भन्दा माथि उठेर काम गर्ने कार्य योजना सहित आफुले महिला सन्योजकको जिम्मेवारि लिन चाहेको बताउनु हुन्छ ।

आफ्नो अनुभव र कार्य दक्षताकाे आधारमा एनआरएनएका अग्रजहरु र सहकर्मिहरुले महिला संयोजकको भूमिकामा आउन आग्रह गरेको र संस्था प्रतिको माया र लगाबका कारण नेत्रित्व लिन तयार भएकी हुँ , चारदिशा सँगको सम्बादमा गुरुङले आफ्नो उम्मेद्बारी बारे प्रष्ट पार्नु भयो ।

एशिया महिला संयोजक हुँदा एशियाका ९ वटा एनसीसीहरुमा महिला फोरम गठन गरेर सो क्षेत्रमा महिलाहरुलाई एनआरएन अभियानमा सक्रिय बनाएको र महिला उद्यमशिलताको बारेमा जागरण गराएको स्मरण गर्दै सांगठनिक सुदृढीकरण , महिला समावेशीता , महिला नेतृत्व बिकास, सशक्तिकरण र महिला उध्यमशिलतानै बिदेशका नेपाली महिलाहरुको प्रमुख आवश्यकता रहेकोले उल्लेखित एजेन्डा पुरा गर्नकोको लागि संगठनलाई गतिशिल बनाउने अठोट गरेकी छु, उहांको भनाइ छ ।

जुम्ला हुम्ला जस्ता बिकट जिल्लाका महिलाहरुले पनि एनआरएनएको परोपकारी अभियानबाट आशा गर्न थालेकोले उनीहरुलाई निराश हुन नदिने गरी काम गर्ने अठोट ब्यक्त गर्दै, एनआरएनए प्रति देश बिदेशका नेपालीको अपेक्षालाई पुरा गर्न सकिएन भने संस्थाको अस्तित्वनै संकटमा पर्ने भएकोले , सचेत भएर उचित र सबल नेत्रित्व चयनमा ध्यान दिन पनि विश्वभरिका एनआरएनहरुलाई गुरुङले अनुरोध गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.