सात ‘स’ का एजेण्डा सहित एनआरएनको सचिव पदमा रामशरण सिम्खडाको उम्मेद्वारि

0

गैर आवासीय संघको ठुलो राष्ट्रिय समन्वय परिषद मध्यको एक र प्रबासी नेपालीहरुको बाक्लो बसोबास रहेको बेलायतमा बसोबास गरी रहेका रामशरण सिंखडा यसै वर्ष अक्टोबरमा हुने गैर आबासिय नेपाली संघको दशौ अधिवेशनमा सचिव पदको प्रत्याशीको रूपमा अगाडी बढेका छन।

बर्तमान अन्तरराष्ट्रिय समन्वय समिति सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक रहेका सिम्खडाका सचिब पदका लागि सात ”स” सहितका एजेण्डा यस प्रकार छन :


१. साझा एनआरएनए
२. सक्षम र सबल साझा एनआरएनए
३. शुल्क रहित साझा एनआरएनए
४. स्मार्ट साझा एनआरएनए
५. सिप, ज्ञान, नवप्रबर्धन र दिगो साझा एनआरएनए
६. साझेदार र सहकार्य सहितको साझा एनआरएनए
७. सबैको पहुच, उत्तरदायी र पारदर्शी साझा एनआरएनए

धादिंगमा जन्मिएर बेलायतमा बसोबास गर्दै आएका सक्रिय सामाजिक अभियन्ता रामशरण सिम्खडा एनआरएन युकेका संस्थापन सदस्य हुन् । १२ वर्ष लामो अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेका उनले २७ सयभन्दा बढी संघसंस्था आबद्ध रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी समालिसकेका छन् ।


एनआरएनए बेलायतमा दुई कार्यकाल आइसीसी सदस्य, विधान संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर आफ्नो जिम्मेवारी पुरा गरेका सिम्खडा सन् २०११ को एनआरएनए युकेको महासचिव समेत हून।


सामाजिक जिम्मेवारीका काममा निकै सक्रिय रहने सिंखडालाई एनआरएनहरुले आगामी कार्यकालका लागि जिम्मेवारि दिने विश्वाश रहेकोछ ।

Leave A Reply

Your email address will not be published.