तेर्हौ दिनमा तोडियो ब्रिटिश गोर्खाको भोकहडताल , बेलायति रक्षामन्त्री माग पुरा गर्न सहमत , एक महिनामा नेपाल र बेलायत सरकारको बार्ता हुने

0

बेलयती समकक्षि सरह समान पेन्सन लगायतको माग गर्दै १३ दिन देखि बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रीट अगाडि आमरण अनसनमा बसेका भुपू गोर्खाहरुको अनशन तोडिएको छ । ब्रिटिश गोर्खा अभियान्ता ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले भोक हड्ताल सुरु गरेको आज १३ औ दिनमा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनालले जुस पिलाएर भोक हडताल तोडाउनु भएको छ ।

समान हक प्राप्तीको लागि आन्दोलनरत गोर्खा सत्यग्रह संघर्ष समितिका पदाधिकारीहरु सँग बार्ता पछि गोर्खाहरुको मागका सम्बन्धमा बेलायतले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो ,

मङ्गलवार अचानक स्वास्थ्य बिग्रेपछि आमरण अनशनमा बसेका भूतपूर्व गोर्खा सैनिक धन गुरुङलाई अस्पताल लगिएको थियो। उनको स्वास्थ्यमा केही सुधार आएपछि बुधवारदेखि उनी पुनः अनशनमा बसेका थिए । अनसनकारिहरुलाई ब्यापक जन समर्थन र सान्त्वना प्राप्त भएको थियो । जनदबाब र अन्तरराष्ट्रिय बेइज्जती हुने देखे पछि बेलायत सरकार उनिहरुका माग सम्बोधन गर्न राजी भएकोछ ।

फोटो क्रेडिट – जगन कार्की

Leave A Reply

Your email address will not be published.