नेपाली काङ्रेसको राहत कोषमा जन संपर्क समिति बेल्जियमको करिब आठ लाख सहयोग

0

नेपाली काङ्रेसको बैदेशिक संगठन नेपाली जन संपर्क समिति बेल्जियमले पार्टीको कोरोना राहत कोषमा सात लाख पचहत्तर हजार ( ७,७५,००० ) सहयोग गरेको छ । समितिका सदस्यहरु र शुभेच्छुकहरुबाट नेपालमा फैलिएको कोरोना संक्रमण नियन्त्रण र देश रोईरहेको , ईष्टमित्र, छरछिमेकी दाजुभाई दिदीबहिनीहरु अक्सिजन र उपचार नपाएर छटपटाउँदै मृत्युवरण गर्नु परिरहेको बेला पीडितलाई राहत दिने कार्यक्रममा सहयोग गर्न नेपाली काङ्रेसले बिदेश स्थित जनसंपर्क समितिहरुलाई आग्रह गरे अनुरुप सो सहयोग गरिएको हो ।

केंद्रिय निर्देशन र देशको अवस्थाले बिचलित भएका प्रबासका कार्यकर्ताहरुको स्वत:स्फुर्त भएको सहयोग केन्द्रीय समितिको बैन्क खतामा जम्मा गरी सकिएको समितिकी सभापति सीता सापकोटाले जनाउनु भएकोछ । संगठनका सदस्यहरु रविन पन्डितले एक लाख दस हजार , सीता सापकोटा, पदम गुरुङ र सिपी भट्ट प्रत्यैकले नेपाली रुपया एक एक लाख सहित् जम्मा ४७ जनाबाट करिब आठ लाख रुपयाँ सन्कलन भएको थियो ।

स्ठानीय संघ संस्थाहरु संग सहकार्य गर्ने उद्यस्यले गैर आबसिय नेपाली संघ बेल्जियमले सन्चालन गरेको नेपालमा अक्सिजन प्लान्ट स्थापना गर्ने परियोजनाका लागि दुई सय युरो सहयोग गरेको पनि संगठनले सार्वजनिक गरेको छ ।

मातृभूमीमा परेको बिपतमा खुल्ला हृदयले परोपकारी कार्यमा सहयोग गरेर अभियानलाई सफल बनाउन हातेमालो गर्ने सबैलाई समितिले धन्यबाद ब्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.