संसार भरिका नर्सहरुमा अन्तराष्ट्रिय नर्स दिवसको शुभकामना -डिल्ली अम्माई

0


नर्सहरूले दिने मानव सेवा र परोपकारको सम्झना स्वरुप हरेक वर्ष मे १२मा अन्तर्राष्ट्रिय नर्स दिवस विश्वव्यापी रूपमा मनाइन्छ। यो दिनलाई आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको वार्षिकोत्सवको रूपमा पनि चिनिन्छ।

कोरोना (COVID-19) महामारीको कारण अस्पतालमा भर्ना हुने बित्तिकै, सेवा र प्रेम भावले द्रबिभुत हुँदै आफ्नो जीवनको समेत प्रवाह नगरी बिरामीको हेरचाह गर्न नर्सहरूले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । यदि बिरामीलाई तत्काल ध्यान दिन वा केही प्रोत्साहनजनक शब्दहरू आवश्यक पर्दछ भने, नर्सहरू उनीहरूका लागि चौबीसै घण्टा उपस्थित भएर सेवा प्रदान गर्दछन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भनेको छ कि सन् २०३० सम्ममा संसारभरी ९० लाख बढी नर्स र सुँडेनीहरूको आबस्यकता रहन्छ जसले गर्दा सबै देशहरूले स्वास्थ्य र कल्याणको लागि दिगो विकासको लक्ष्य हाँसिल गर्न सक्ने छन् ।

यहाँ केही सन्देशहरू, ईच्छाहरू, र उद्धरणहरू छन् जुन लेखेर जो कसैले पनि परोपकारका महारथी दयालु नर्सहरू प्रति कृतज्ञता व्यक्त गरेर सम्मान दिन सकिने छ । “संसार भरि नर्स र सुँडेनीको जीवन परोपकारको तलाउमा तैरिरहेको कमलको फुल जस्तै छ , जहाँ तीव्र मानबिय भावना, डर, आशा, लालसा, विजय, र अविश्वसनीय शारीरिक शक्तिले नयाँ मानवलाई उदाउँन सक्षम तुल्याउँछ। नर्सको पेशा अनौठो छ।” – शीला किट्जिङ्ग्गर

तपाईं आफ्नो दया र करुणा द्वारा धेरैको हृदय न्यानो बनाइरहनु हुन्छ । तपाईं एक महान नर्स र अद्भुत व्यक्ति हुनुहुन्छ। दयालु नर्सहरुको पबित्र आत्माहरुलाई शुभकामना ! “नर्सहरूको सितल चरित्र उनीसित भएको ज्ञान जत्तिकै महत्त्वपूर्ण छ।” – क्यारोलिन जाभिस

तपाईंको आत्मिक हेरचाह, प्रेम र समझले बिरामीको जिबनमा महत्वपुर्ण परिवर्तन ल्याउछ ! लाग्छ कि तपाईसँग भएको हाँस्ने कला नर्सहरुले सबैलाई बाँडेर मात्र लिन्छन। “जब एक जना नर्सले नर्स बन्ने निर्णय गर्छिन , उनले आफ्नो उदारताको यात्रामा सबैभन्दा महत्त्वपूर्ण निर्णय लिएको मान्नु पर्छ । त्यसपछि नर्सले अरूको हेरचाहमा आफूलाई पूर्ण रुपमा समर्पण गर्दछिन ।” – मार्गरेट हार्वे

एउटा जीवन बचाउनुहोस् र तपाईं महानायक हुनुहुन्छ। सयौं जीवन बचाउनुहोस् र तपाईं बल्ल नर्स हुनुहुन्छ। “प्रशिक्षित नर्सले मात्र परोपकारको यात्रामा मानवताको पुजारी बनेर संसारलाई आशिर्वाद दिन सक्छ। ” – विलियम ओस्लर

नर्सले अरूलाई समर्पित गर्ने हेरचाह,माया र दयाको ज्योतिले मानवहरुको चिसो हृदयमा न्यानो फर्काउन सक्छ। नर्सहरुकी गुरुआमा महान फ्लोरेन्स नाइण्टिङ्गलको स्वर्गीय आत्मालाई शुभकामना! “एक नर्सको सेवाले बिरामी, उसको परिवार र आफ्नै मुटु, दिमाग, आत्मा र शरीरलाई निको पार्ने अवसर प्रदान गर्छ । उनीहरूले नर्सको नाम याद नगर्न सक्छन तर तपाईंले उनीहरूलाई महसुस गराएको सेवाभाव उनीहरूले कहिल्यै बिर्सन सक्ने छैनन्।” – माया एन्जेलु

विश्व नर्स दिवसको पुन हार्दिक शुभकामना! तपाईका हेरचाह गर्ने तरिकाहरूले मानव जिवनमा मुस्कान ल्याउँदछ र हरेक दिन मुस्कानको फोहरा झरना झैँ आवाज दिदै बग्न थाल्दछ ।

दयालु नर्स छोरी तिमीलाई साँच्चिकै देवता झैँ उज्यालिदै आकासिएको देख्दै छु ! “कोमलतापूर्वक बोल्नुहोस्; तपाईंको अनुहारमा, तपाईंको आँखामा, तपाईंको मुस्कानमा, अभिवादनको न्यानोपनमा दया मात्र प्रेमले भिजेको दया दिनुहोस्। सधैं हँसिलो मुस्कान बाँचोस । केवल तपाईंको हेरचाह नगर्नुहोस्, तर आफ्नो हृदय पनि दिनुहोस्।” – मदर टेरेसा,

नर्सहरुको जिम्मेवारी यो महामारीको बेला झनै बोझिलो बनेको छ। नर्सहरूले अधिक स्वास्थ्यको भावना जागृत गराउने र स्वास्थ्य जागरण ल्याउन सक्नु पर्ने अबस्था छ। समुदायमा यदि आत्मिक जागरण, स्वास्थ्य जीवनशैली र विश्वास कायम गरियो भने धेरैजसो स्वास्थ्य सम्बन्धि चिन्ता स्वतः हट्नेछ । यो केवल नर्सहरूबाट मात्र सम्भव छ, जसले मानिसहरूलाई स्वस्थ जीवन जिउन राम्रो मार्ग निर्देश गर्न सक्छन् । तिनीहरूले बिरामी र उसको परिवारलाई ती चीजहरूको बारेमा शिक्षा दिनुपर्दछ ताकी नर्सले छोडेपछि पनि उनीहरूले परिवारको एकापसमा नर्सले झैँ सेवा गर्न सकुन् ।

अन्तमा, जीवन अथाह यात्राको नाम हो । त्यो भित्र कति धेरै बाँच्नको लागि सङ्घर्ष हुन्छ भन्न सकिन्न र शब्दमा लेख्न पनि सकिन्न । तर मानवताको सेतो वस्त्र लगाएर सेवारत नर्स र डाक्टरबाहेक यस्तो मृत्युञ्जय सेवा सायदै होला। मेरो अनुभूतिले भन्छ, वृद्ध-वृद्धा बिरामी उपचारको क्रममा बित्दा एउटा नर्सले प्रत्येक दिन आफ्नै काखमा आफ्ना अविभावक गुमाएको अनुभव गर्दछन् । दिमाग सन्तापले तड्पिन्छ, एकछिन अगाडि बिरामीले हेरेको धमिला आँखाभित्रको अपील ,आफूले उनलाई बचाउनका लागि दिएको सेवाको मुल्याङ्कन गरेपछि झन् मन अतासिन्छ । तर डाक्टर र नर्सको सेवाले बाँचेर मुस्कुराउँदै बिरामी निको भएर घर फर्केको सम्झनाले अघिल्लो मृत्युको शोकलाई तुरुन्त बिर्सन कर लगाउँछ । नर्सहरु बाँचेका बिरामीहरुको मुस्कान पिएर बाँचेका हुन्छन।

संसारभरि २१,००० (एक्काइस हजार) भन्दा बढी नर्सहरूले कोरोनाबाट बिरामीलाई बचाउने सिलसिलामा आफैँ सङ्क्रमित भई सहादत प्राप्त गरिसकेका छन् । ती सबै महान् सहिद स्वास्थ्य योद्धा नर्सहरूप्रति मेरो असीम श्रद्धा छ । संसारभरिका दयालु नर्सहरुलाई पुन विश्व नर्सिङ दिवसको हार्दिक हार्दिक शुभकामना !!

Leave A Reply

Your email address will not be published.