युरोपका पत्रकारहरुका लागि एक महिने प्रशिक्षण सुरु

0

नेपाल पत्रकार महासंघ युरोप शाखा र नेपाल प्रेस इन्स्टिच्युटको आयोजनामा युरोपमा कार्यक्षेत्र बनाएका नेपाली पत्रकारहरुका लागि एक महिने भर्च्युअल तालिम सुरु भएको छ ।

बैशाख २७ सोमबारबाट सुरु भएको कार्यक्रमको औपचारिक उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले नेपाली भाषा, नेपाली राष्ट्रियतालाई बल पुग्ने गरी प्रबासबाट नेपाली पत्रकारहरुले गरी रहेको पत्रकारिताको प्रशंशा गर्नु भयो । जहाँ बसेर गरे पनि पत्रकारिता मानब कल्याणका लागि गरिने भएकोले आफ्नो समुदाय र मातृभूमीको बिकासका लागि कलम चलाऊन पत्रकारहरुलाई आग्रह गर्दै महासंघको बिधान र सम्बन्धित देशको कानुनको पालना गरेर काम गरे महासंघ सधैं पत्रकारहरुको पक्षमा रहने विश्वाश दिलाउनु भयो । नेपालमा बढी रहेको कोरोना संकटलाई परास्त गर्न सहकार्य गरेर सहयोग हुने अपेक्षा सहित सहभागिहरुलाई शुभकामना दिनु भयो ।


कार्यक्रम सफलताको शुभकामना दिदै गैह्र आबासीय नेपाली संघका युरोप सन्योजक नारायण आचार्यले युरोपमा रहेका पत्रकारहरुको क्षमता ब्रिद्धी भएमा समाचारको गुणबत्ता बढ्ने र त्यसको नेपाली समुदायमा सकारात्मक प्रभाब पर्ने बताउनु भयो । एनआरएनए लाई स्थापित बनाउन र चिनारी दिन नेपाली पत्रकारिताले गरेको सहयोग सधैं स्मरणीय रहेको र आगामी दिनमा पनि सहकार्य गरेर नेपाली समुदायको हितमा काम गर्न अनुरोध गर्नु भयो ।

नेपाल प्रेस इन्स्टिच्युटका निर्देशक लक्ष्मण उप्रेतीले नेपाल पत्रकार महासंघ युरोप शाखाको सहकार्यमा इन्स्टिच्युटले पहिलो पटक बिदेशमा रहेका पत्रकारहरुलाई प्रशिक्षण सुरु गरेकोमा खुशी लागेको बताउदै पत्रकारितालाई स्तरिय बनाउन सके त्यसको प्रभाबले देश बिकासमा टेवा पुग्ने बताउनु भयो । नेपालका बरिष्ठ पत्रकारहरुमा बहुसँख्यक नेपाल प्रेस इन्स्टिच्युटका उत्पादन भएको र आगामी दिनमा पनि सबैको सहकार्यमा पत्रकारिताको बिकास गर्न सकिने बताउनु भयो ।

प्रशिक्षकहरुको तर्फबाट बरिष्ठ पत्रकार कपिल काफ्लेले पत्रकारितालाई ब्याबसायिक बनाउन नेपाल प्रेस इन्स्टिच्युटको स्मरणिय योगदान रहेको छ र बिदेशमा रहेका नेपाली पत्रकारहरुलाई इन्स्टिच्युटले केही ज्ञान दिने र युरोपमा पत्रकारहरुले आर्जन गरेको अनुभबलाई पनि पत्रकारिता सँग जोड्न सकिने बताउने भयो । एक महिने तालिममा पत्रकारिताका आधारभुत सिद्धान्त र शैलीबारे नयाँ र पुराना पत्रकारहरुलाई उपयोगी हुने गरी कोर्ष तयार गरिएको र यसबाट प्रबासको पत्रकारितालाई गुणस्तरीय र जन अपेक्षित बनाउन सहयोग हुने विश्वाश ब्यक्त गर्नु भयो ।

नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्माले प्रबासबाट गरिने पत्रकारिता नेपाली समुदाय र नेपालका लागि हुनु पर्ने र पत्रकारहरुले स्वनियम र पत्रकारिताका विश्वाब्यापी सिधान्त पालन गरेर नडराइ सहि सुचना दिनु आबस्यक छ भन्नु भयो ।

कार्यक्रममा सहभागि र अथीतिहरुलाई स्वागत गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष लक्ष्मण देबकोटाले पत्रकार हुन पत्रकारिता गर्नै पर्ने र पत्रकारहरुले सिप र क्षमताको बिकास गर्नु पर्ने बताउनु भयो ।


सहभागिहरुको तर्फबाट दर्पन गौतमले नेपाल प्रेस इन्स्टीच्युट जस्तो पत्रकारिता शिक्षाको प्रतिष्ठित संस्थाबाट तालिम लिने अबसर दिनु भएकोमा नेपाल पत्रकार महासंघ युरोप शाखालाई धन्यवाद दिदै सिकेको सिपलाई समाजको हितमा प्रयोग गर्ने बताउनु भयो ।

नेपालबाट कार्यक्रमको सन्योजन नेपाल प्रेस इन्स्टिच्युट बिराटनगरका निर्देशक बिरेन्द्र शर्माले गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ युरोप शाखाकी अध्यक्ष सरस्वती कार्कीको सभापतित्वमा भएको उद्घाटन सत्रको सन्चालन शाखाकी सचिब अनुराधा पौडेलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.