एजेन्सी : अमेरिकाको कोलोराडोमा जन्मदिनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको ज्यान गएको छ । एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गएको हो ।
बन्दुकधारीले आफूलाई पनि गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारीको पनि ज्यान गएको छ । घटना के कारणले भयो भन्ने बारे केही खुलाइएको छैन ।
यस्तै, आक्रमणकारीको पनि पहिचान खुलाइएको छैन । मोबाइल होम पार्कमा रहेको एक ट्रेलरमा जन्मदिन मनाउनका लागि मानिसहरु जम्मा भएका बेला आक्रमणकारीले गोली चलाएका बीबीसीले जनाएको छ ।