नेपाल पत्रकार महासंघ युरोप शाखा अध्यक्षमा सरस्वती कार्की र सचिबमा अनुराधा पौडेल निर्बाचित

0

नेपाल पत्रकार महासंघ युरोप शाखाको आज सम्पन्न निर्वाचनले शाखाको ईतिहासमा पहिलो पटक शाखाको अध्यक्ष र सचिबमा महिला पत्रकारहरुलाई निर्बाचित गरेको छ । शाखाकी संस्थापक सदस्य सरस्वती कार्की (डेनमार्क) लाई अध्यक्ष र अनुराधा पौडेल (फ्रान्स) लाई सचिबमा सर्बसम्मत निर्बाचित गरेको छ ।

उपाध्यक्ष द्वयमा क्रमश लक्ष्मण देवकोटा (स्विजरल्याण्ड) र टेक गिरी (नर्वे) सहसचिवमा भोला लामिछाने (स्पेन) र कोषाध्यक्षमा ल्हाक्पा तेन्जी लामा (रोमानिया) चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा क्रमश बसन्त रानाभाट (स्पेन), हिरालाल श्रेष्ठ (स्विजरल्याण्ड), बिष्णु शर्मा पौडेल (डेनमार्क), दिपक धिताल (जर्मनी) र सरोज ढुंगाना (नर्वे) चयन भएका छन् । सो अधिवेशनबाट शाखाको सल्लाहकारमा क्रमश महेश थापा र डिल्ली अम्माई चयन गरिएको छ ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका पूर्व अध्यक्ष महेश थापाको संयोजकत्वमा रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा युरोप शाखाको नयाँ कार्य समिती घोषणा गरेको थियो । एक महिना अघि सम्पन्न भएको अधिबेशनले थापालाई निर्वाचन सन्योजक र स्थानेश्वर सापकोटालाई सदस्य सचिबको जिम्मा दिएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितीको गत फेब्रुवेरी १८ मा शाखालाई लेखिएको पत्र अनुसार केन्द्रिय निर्वाचन समितीको परामर्शमा बिधान सम्मत निर्बाचन सम्पन्न गर्नु भन्ने निर्देशन गरिए अनुसार निर्वाचन गरिएको सन्योजक थापाले बताएका छन । युरोपमा सक्रिय रहेका एकचालिस जना पत्रकारहरु शाखामा आबद्ध रहेका छन ।

नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले सपथ गराए । सो अवसरका केन्द्रिय सदस्य बराइलीले विदेशी भुमीमा रहेर पनि नेपाली पत्रकारिता क्षेत्रमा गरेको योगदानको नेपाल पत्रकार महासंघले सधैं सम्मान गर्ने बताए । उनले पेशागत मर्यादालाई कायम राख्दै महासंघको छवीलाई सधैं उच्च राख्न युरोप शाखाले उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।

नवनिर्वाचित कार्यसमितिको सपथ कार्यक्रममा प्रेस स्वतत्त्रता सेनानी मेघराज शर्मा, नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष ओम शर्मा, नेपाल प्रेस युनियन पोर्तुगलका शाखाका अध्यक्ष बासु सत्याल, प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला, निवर्तमान युरोप शाखा सचिव पेम्बा गेलु शेर्पा, निर्वाचन समिति संयोजक महेश थापा, सदस्य थानेश्वर सापकोटा लगायतले महासंघको गरिमालाई कायम राख्दै प्रबासी पत्रकारहरुको एकता र क्षमता ब्रिद्धी गर्न नयाँ कार्य समितिलाई सफलता मिलोस शुभकामना दिए ।

शेरबहादुर छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सरस्वती कार्कीले महासंघले विदेशमा रहेका शाखाहरुलाई सहयोगी शाखाको रुपमा मात्र नहेरी मतदानको अधिकार दिनुपर्नेमा जोड दिइन् । उनले विदेशमा रहेका नेपाली पत्रकारहरुको पेशागत सुरक्षाका लागि जुनसुकै कदम चाल्न पनि महासंघ तयार रहेको बताइन् । कार्यसमितिका उपाध्यक्ष लक्ष्मण देवकोटा, टेक गिरी सचिव अनुराधा पौडेल, सरोज ढुंगाना, लगायतले प्रबासमा रहेको पत्रकार प्रति बनेको नकारात्मक छबिलाई कामको माध्यमले बिधायक बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रमा युरोप शाखाका कार्यबाहक अध्यक्ष डिल्ली आम्गाईको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave A Reply

Your email address will not be published.