दलहरु विहानदेखि नै छलफलमा

0

काठमाडौं, २३ साउन । संघीयताको सिमांकनका विषयमा सहमति जुटाउन शनिबार पनि प्रमुख दलका शीर्ष नेता सक्रिय भएका छन् । केही दिनदेखि लगातार छलफलमा जुटेका दलहरुले अझै पनि सहमति जुटाउन सकिरहेका छैनन् । मुख्य गरी झापा, मोरङ, सुनसरीलाई पहाडी जिल्लामा राखेर प्रदेशको निर्माण गर्ने कि झापालाई पहाडमा राखेर मोरङ र सुनसरीलाई तराईमा राख्ने विषयमा नेताहरु निर्णयमा पुग्न सकेका छैनन् । त्यसैगरी सप्तरी, सिरहा, पर्सा, सिन्धुपाल्चोक, मकवानपुर मिलाएर एक प्रदेश बनाउने विकल्पमा पनि छलफल भइरहेको छ ।
त्यस्तै सुदूरपश्चिमको कैलाली र कञ्चनपुरलाई अखण्ड सुदूरपश्चिममा राख्ने कि थारुले राखेको मागअनुसार कञ्चनपुर र कैलालीको तराई भागलाई थरुहटमा राख्ने विकल्प पनि छलफल भइरहेको छ । त्यस्तै कञ्चनपुरलाई सुदूरपश्चिमको माथिल्लो पहाडी भागमा मिलाएर खप्तड प्रदेश बनाउने वा कैलालीसहित नवलपरासीसम्मको एउटा प्रदेश बनाएर जाने विकल्पमा पनि नेताहरु छलफलमा छन् ।
प्रमुख चार दलका शीर्ष नेता सम्मिलित विशेष समितिमा सहमति गरी संवाद समितिबाट अनुमोदन गरेर परिमार्जित मस्यौदा प्रतिवेदन संविधानसभामा बुभाउने तयारी संवाद समितिमा छ । तर विशेष समितिमा सहमति नभएपछि संवाद समितिको बैठक पनि प्रभावित भइरहेको छ । संवाद समितिको बैठक शनिबार दिउँसो १ बजे र संविधानसभाको बैठक अपराह्न तीन बजेका लागि बोलाइएको छ ।

Leave A Reply

Your email address will not be published.