संविधानसभा बैठक भोलिसम्मका लागि स्थगित

0

काठमाडौं, २२ साउन संविधान लेखनका विवादित विषयमा दलहरुबीच सहमति नजुटेपछि शुक्रबार (आज) का लागि बोलाइएको संविधानसभा बैठक स्थगित भएको छ । साँझ ५ बजेका लागि आह्वान गरिएको संविधानसभा बैठक एजेन्डाविहीन हुने भएपछि स्थगित गरिएको हो । संविधानसभाको अर्को बैठक शनिबार दिउँसो ३ बजेका लागि डाकिएको छ ।
संविधानका विवादित विषयमा सहमति जुटाउन प्रमुख दलका शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि छलफलमा जुटेका छन् । प्रदेशको सीमांकनको विषयमा दलहरुबीच कुरा मिल्न नसक्दा शीर्ष नेताहरु द्धिपक्षीय र बहुपक्षीय छलफलमा केन्द्रित भएका छन् ।

Leave A Reply

Your email address will not be published.