नेशनल अवार्डमा वाई बि गुरुङले जिते उत्कृष्ट गीतकारको उपाधी

0

धेरै पछी उनको गाउँमा…’ बोलको गीतबाट रचनाकार वाई.बी. गुरुङले चर्चित नेशनल ब्राण्ड म्यूज़िक अवार्ड जितेका छन् । काठमाण्डौमा भएको भब्य कार्यक्रममा २०७७ को उत्कृष्ट गीतकारको रुपमा सो गीतबाट युरोप बसेर साहित्यिक गतिबिधिमा सकृय गुरुङ पुरस्कृत घोषित भएका हुन् ।

उनी युरोपका सक्रिय पत्रकार हुन । नेपाल पत्रकार महासंघ युरोपका सचिब र जनजाती पत्रकार महासंघ फोनिजका युरोप संयोजक पनि हुन । उनको गीत केही महिना अघी मात्र सार्वजनिक भएको थियो ।


पत्रकारिता संगै साहित्य साधनामा सक्रिय गुरुङले पुरस्क्रित भए पछि खुशी ब्यक्त गर्दै शुभेक्षुक र सहयोगीहरुलाई धन्यवाद दिएका छन ।


आफ्नो फेसबूक स्टाटसमा गुरुङले संगीतकार शंकर थापा स्माईल र गायक राजु लामा, भिडियोग्राफि निर्देशक गणेश शाह ,नायिका रक्षा थापा लगायत गीतमा आबद्ध सम्पूर्ण प्रियजनहरु आफ्नो परिवार र मित्रहरु प्रती हार्दिक आभार र धन्यवाद प्रकट गरेका छन !’

Leave A Reply

Your email address will not be published.